ललिता निवास प्रकरण: चार जना आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडाैं | असार १३, २०८०

ललिता निवास प्रकरण: चार जना आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं:   काठमाडौं बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो मङ्गलवार पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।


आज बुधवार न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो पक्राउ गरेका सातमध्ये तीन जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि हिजै बेलुका छाडेको थियो ।


यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुसदेखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो सात जनालाई पक्राउ गरेको हो ।

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्